दफा २२
शैक्षिक योग्यताको निर्धारण
(१) निजामती सेवाको खुला प्रतियोगिताबाट पूर्ति गरिने कुनै पदको लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता सम्बन्धित सेवा, समूह तथा उपसमूह सम्बन्धी प्रचलित कानूनमा निर्धारण भए बमोजिम हुनेछ ।
(२) उपदफा (१) बमोजिम शैक्षिक योग्यता निर्धारण गर्नु अघि सेवा, समूह तथा उपसमूह सञ्चालन गर्ने मन्त्रालय, सचिवालय वा निकायले आयोगको परामर्श लिनु पर्नेछ ।
(३) अन्य प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै उम्मेदवारले कुनै विश्वविद्यालय वा शिक्षण संस्थाबाट प्राप्त गरेको शैक्षिक योग्यता निजामती सेवाको कुनै पदको लागि निर्धारण गरिएको शैक्षिक योग्यता सरह छ छैन भन्ने सम्बन्धमा आवश्यकतानुसार आयोगले निर्णय गरे बमोजिम हुनेछ ।